युनाइटेड मोदी हाइड्रोपावरले पायो लाभांश वितरण गर्ने अनुमति

विहीबार, १८ फागुन २०७९, ११ : १३

काठमाडौँ-  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण गर्ने अनुमति पाएको छ। 

विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावरलाई उक्त आर्थिक वर्षका लागि प्रस्तावित सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ। 


प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

अब यो हाइड्रोपावर कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ। 

 

विहीबार, १८ फागुन २०७९, ११ : १३

प्रतिक्रिया