नेपाल इन्स्योरेन्सको अध्यक्षमा  लक्ष्मण पौडेल चयन

विहीबार, १८ फागुन २०७९, १५ : १२

काठमाडौं-  नेपाल इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् ।

कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा पौडेललाई सर्वसम्मतीबाट चयन गरेको हो ।

यसअघि सो पदमा रहेका अर्जुन पौडेल शर्माले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट आफ्नो ब्यक्तिगत कारण देखाई राजिनामा दिएपछि रिक्त रहेको सो पदमा लक्ष्मण पौडेल नियुक्त भएका हुन् ।

विहीबार, १८ फागुन २०७९, १५ : १२

प्रतिक्रिया