शाखा कार्यालय गाभ्दै ग्लोबल बैंक

शुक्रबार, १९ फागुन २०७९, १२ : ५९

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले एकै स्थानमा रहेको केही शाखा कार्यालय गाभेर संचालन गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र साविकको बैक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा संचालनमा रहेको शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ गतेदेखि एकीकृत रुपमा संचालन हुने बैंकले जनाएको छ ।

बैंकले साविक संचालनमा रहेको बीओकेको सुन्दरबजार नगरपालिका वडा नं.७ मा रहेको सुन्दरबजार शाखा कार्यालय गाभिएपश्चात मिलनचोक सुन्दरबजार नगरपालिका वडा नं. ६ लमजुङ्गमा रहनेछ ।

साथै ग्लोबल आइएमई बैंकको काठमाडौ्रं महानगरपालिका वडा नं. २९ काठमाडौंमा रहेको अनामनगर शाखा कार्यालय गाभिएपश्चात् काठमाडौं महानगरपालिका वडा नं.२९ काठमााडौंमा रहनेछ ।

शुक्रबार, १९ फागुन २०७९, १२ : ५९

प्रतिक्रिया