आरएमडीसी लघुवित्तले डाक्यो साधारण सभा

शुक्रबार, १९ फागुन २०७९, १३ : ०८

काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत १० गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।

सभामा कम्पनीले २७.३७५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २६५ बोनस र कर प्रयोजनसहित १.३७५ नगद लाभांश वितरण गर्न लागेको हो ।

यसका साथै सो सभामा अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यसाका अलावा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभाका लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ । फागुन ३० गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन् ।

शुक्रबार, १९ फागुन २०७९, १३ : ०८

प्रतिक्रिया