काठमाडौँ – सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको
हो ।
बैंकले सेयर खरिद गर्न इच्छुक संस्थापकले आज फागुन २१ गतेदेखि ३५ दिन भित्र यस बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
बैकले सेयर संख्या र रकम भने उल्लेख गरेको छैन् । तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्तिले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया