छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, २३ फागुन २०७९, ०९ : १०

काठमाडौँ – छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले आफ्नो साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । भोली सार्वजनिक बिदा भएकाले सेयरधनीले आजसम्म कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् । 

लघुवित्तले यहि आउँदो चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२% बोनस सेयर र कर प्रयोजन सहित ३.२६% नगद गरी कुल २५.२६% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । 

मंगलबार, २३ फागुन २०७९, ०९ : १०

प्रतिक्रिया