अपर तामाकोशी हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन

मंगलबार, २३ फागुन २०७९, ११ : ३५

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएसँगै बोर्डमा फागुन १८ गते निवेदन दिएको हो ।

कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

मंगलबार, २३ फागुन २०७९, ११ : ३५

प्रतिक्रिया