काठमाडौँ- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको र क्यापिटलबीच गत शुक्रबार भएको सम्झौताअनुसार कम्पनीले सेयर रजिष्टारमा क्यापिटललाई नियुक्त गरेको हो ।
उक्त सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माया खोला हाईड्रोपावरले फागुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरीरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया