काठमाडौँ - एनएमबि बैङ्क लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले फागुन १८ गते स्वीकृति दिएको छ ।
यससँगै अब कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कुल कित्तामध्ये बैंकले १६ लाख रुपैयाँ कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट बिक्री गर्ने जनाएको छ ।
कम्पनीले आगामी ५ वर्षका लागि बार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निष्काशन गर्ने ऋणपत्र बिक्री प्रबन्धक एनआईबिएल एस कयापिटल लिमिटेड छ ।
प्रतिक्रिया