ग्लोबल आइएमई लघुवित्तद्धारा वार्षिक साधारण सभा आह्वान

मंगलबार, २३ फागुन २०७९, १३ : ३९

 काठमाडौँ - ग्लोबल आइएमई लघुवित्तको १० औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।

सभामा कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्नेरगाभिने प्रयोजनको लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गर्ने एवं चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

मंगलबार, २३ फागुन २०७९, १३ : ३९

प्रतिक्रिया