अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

मंगलबार, २३ फागुन २०७९, १७ : ५२

काठमाडौँ - सानिमा  बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ ।     
    
उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा  QR कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । 

क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/loginमा क्लिक गरी खोल्न सकिनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु संचालनमा रहेका छन् ।

 
 

मंगलबार, २३ फागुन २०७९, १७ : ५२

प्रतिक्रिया