सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरू हुने मिती तय

शुक्रबार, २६ फागुन २०७९, १२ : १२

काठमाडौँ- सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार फागुन २९ गते, सोमबारबाट सुरू हुने भएको छ ।

 यी २ कम्पनी १००ः८० को अनुपातमा मर्ज हुन लागेका हुन् ।


यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीको फागुन ११ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेका छन् ।

मर्जरपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय का।म।पा वडा–१ नक्सालमा रहनेछ ।

शुक्रबार, २६ फागुन २०७९, १२ : १२

प्रतिक्रिया