काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शनिबार आफ्नो २२औं बार्षिकोत्सव मनाएको छ । वि।सं। २०३२ सालदेखि सञ्चालित साना किसान विकास आयोजनाबाट सहकारीमा रुपान्तरित साना किसान सहकारी संस्थालाई ऋण पुँजीको व्यवस्था गर्न यो घ वर्गको थोक कर्जा प्रदायकको रुपमा यो लघुवित्त संस्था स्थापना भएको थियो ।
बार्षिकोत्सवमा सहभागी वक्ताहरुले वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताए ।
प्रतिक्रिया