मितेरी डेभलपमेन्ट बैंकले दुईजना संस्थापकको २८ हजार कित्ता सेयर बिक्रीमा राख्यो

आइतबार, २८ फागुन २०७९, ०८ : ५०

काठमाडौँ – मितेरी डेभलपमेन्ट बैंकले दुईजना संस्थापक सेयरधनीहरुको २८ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। 

बैंकले सेयरधनीहरु दुर्गा बस्नेत र राधिका कार्कीको नाममा रहेको कुल २८ हजार १ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा दुर्गा बस्नेतको २३ हजार १ कित्ता र कार्कीको ५ हजार कित्ता सेयर रहेको छ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। 

सेयर खरिदका लागि ३५ दिनभित्र सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाण्डौको कमलादीस्थित सेयर रजिस्ट्रार प्रभु क्यापिटल रहेका छन्। 

आइतबार, २८ फागुन २०७९, ०८ : ५०

प्रतिक्रिया