कामना सेवा विकास बैंकद्धारा शाखारहित बैकिङ सेवा बन्द

आइतबार, २८ फागुन २०७९, ११ : ०७

काठमाडौं-  कामना सेवा विकास बैंक लिमिटेडले चारवटा शाखारहित बैकिङ सेवा बन्द गरेको छ । बैंकले व्यक्ति।फर्मबीच शाखारहित बैकिङ्ग सेवा संचालनको लागि एकआपसमा सम्झौता भई शाखारहित बैकिङ्ग प्रतिनिधिको रुपमा काम हुँदै आएको चारवटा बिएलबि एजेन्ट फागुन १८ गतेदेखि लागू हुनेगरी निजहरुसँग भएको सम्झौता रद्द गरेको हो ।

बैंकले सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित बिना रेमिटान्स, मोरङ जिल्ला लेटाङ ९ मदनचोकस्थित सुरज विश्वकर्मा, नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका वडा नं. ४ स्थित गुरुङ किराना पसल र तानसेन–९ दमकडा, पाल्पास्थित महिमा पुस्तक एण्ड मोबाइल सेन्टरसँगको सम्झौता तोडेको हो ।

सोपश्चात् पनि निजहरुमार्फत निरन्तर कारोबार गरेमा उक्त कारोबारको विषयमा बैंक जवाफदेही नहुने कामना सेवा विकास बैंकले जनाएको छ ।

आइतबार, २८ फागुन २०७९, ११ : ०७

प्रतिक्रिया