२७.१ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

आइतबार, २८ फागुन २०७९, १३ : ०१

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ७ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २७.१ प्रतिशतले बढेको छ ।


नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्म नेपालमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । 


पछिल्लो ७ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार, २८ फागुन २०७९, १३ : ०१

प्रतिक्रिया