काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार सात महिनामा मूल्यवृद्धि ७.८८ प्रतिशत रहेको छ भने, आयात १९.९ प्रतिशत, निर्यात २९ प्रतिशतले घटेको छ ।
त्यस्तै, कुल व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ भने, विप्रेषण आप्रवाह २७.१ प्रतिशत बढेको छ । यस्तै, शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रूपैँयाले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा छ ।
तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड रूपैँया र अमेरिकी डलरमा १० अर्ब ५० करोड , संघीय सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड रूपैँया र राजस्व परिचालन ५ खर्ब १४ अर्ब ६९ करोड रूपैँया रहेको छ ।
यस्तै, विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया