मृत्यु बीमा दाबी भुक्तानी

आइतबार, २८ फागुन २०७९, १७ : ३७

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा करिब तीन वर्ष अघि जीवन बीमा गराएका स्याङ्जा घर भई पोखरा १७ विरौटा बस्दै आएका स्व।बीमित मोदथानथ वाग्लेको हकवाला रेखा वाग्लेलाई बीमा दाबी वापतको एक करोड ५६ लाख ६९ हजार ३९८ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं कम्पनीका अभिकर्ता एमडीआरटी कमला केसीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । गत आर्थिक वर्षमा उक्त बीमा कम्पनीबाट ऋण समेत लिएका बीमित वाग्लेले केही महिना अगाडी मात्रै आत्महत्या गरेका थिए ।

आइतबार, २८ फागुन २०७९, १७ : ३७

प्रतिक्रिया