यि दुइ लघुवित्तको साधारण सभा आज

सोमबार, २९ फागुन २०७९, ०७ : ४६

काठमाडौं-  दुई लघुवित्त संस्थाको साधारण सभा आज बस्दैछ । दुवै संस्थाले सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव पेश गर्नेछन् ।

सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभा आज बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन १४ गते नै बुकक्लोज गरिसकेको छ ।

त्यस्तै लक्ष्मी लघुवित्तको ११ औँ वार्षिक साधारणसभा आज काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुँदैछ । ।

साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन १७ गते बुकक्लोज गरिसकेको छ ।

सोमबार, २९ फागुन २०७९, ०७ : ४६

प्रतिक्रिया