ट्रेजरी बिल जारी हुदैँ , बोलकबोल कहिले ?

सोमबार, २९ फागुन २०७९, १२ : ४४

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यो चैत २८ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागिएको छ । यो २०८० जेठ ३० गते परिपक्व हुनेछ ।

यस्तै ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरिनेछ । यो २०८० फागुन २९ गते परिपक्व हुने छ । यसको बोलकबोल आज ३ बजे हुनेछ ।

सोमबार, २९ फागुन २०७९, १२ : ४४

प्रतिक्रिया