सिटिजन्स बैंकको नयाँ सम्झौता

सोमबार, २९ फागुन २०७९, १५ : ०३

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दरबारमार्ग स्थित आवरण स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सोमबार, २९ फागुन २०७९, १५ : ०३

प्रतिक्रिया