एनआईबिएल फन्डको डीपी फीमा गिरावट

मंगलबार, ३० फागुन २०७९, ११ : ४१

 काठमाडौँ - एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डको इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाइ कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो। 

 भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाइहरु प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो। 

यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। 

मंगलबार, ३० फागुन २०७९, ११ : ४१

प्रतिक्रिया