आज देखि लागू हुने गरी ‘एनएमबि सरल बचत फन्ड–इ’को डीपी शुल्क घटायो

बुधबार, ०१ चैत्र २०७९, ०८ : ५९

काठमाडौँ  - एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी योजनाको कारेबारमा लाग्ने निक्षेप सदस्य शुल्क(डिपि) घटाएको छ । 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले उक्त खुलामुखी योजनाका इकाइ कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो।

आज चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाइहरु प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ डीपी शुल्क तिर्नुपर्ने व्यवस्था थियो। 

यो योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ। 

बुधबार, ०१ चैत्र २०७९, ०८ : ५९

प्रतिक्रिया