एनएमबि सरल बचत फन्ड–इको 'डीपी फी 'घट्यो

बुधबार, ०१ चैत्र २०७९, १२ : २४

काठमाडौँ-  एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’को इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाइएको छ। 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले उक्त खुलामुखी योजनाका इकाइ कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो। 

आज चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाइहरु प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ डीपी शुल्क तिर्नुपर्ने व्यवस्था थियो। 

यो योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ। 

बुधबार, ०१ चैत्र २०७९, १२ : २४

प्रतिक्रिया