हिमालयन बैंकको ब्याजदर परिवर्तन

बुधबार, ०१ चैत्र २०७९, १४ : १०

काठमाडौँ-  हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज चैत १ गतेदेखि लागू हुनेगरी चैत महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अब बचतमा न्यूनतम ६ देखि ८ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले १४ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशत ब्याज रहेको छ ।

बैंकको आधारदर १०.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १५.८६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट कर्जा लिँदा आधार दर १०.८६ प्रतिशतमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।

यस्तै, बैंकबाट होम लोन, अटो लोन, हायर पर्चेज लोन, मोटरेज लोन, प्रिभिलेज लोन, शैक्षिक धितो कर्जा, मार्जिन लेन्डिङ लोन लगायत अन्य खालका लोन लिँदा १५.८६ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै यस कैंकबाट ७ वर्षसम्मका लागि होम लोन लिँदा १४.९१ प्रतिशत, हायर पर्चेज लोन लिँदा १४.९१ प्रतिशत, शैक्षिक धितो कर्जा लिँदा १४.९१ प्रतिशत, मोटरेज लोन लिँदा १५.९१ प्रतिशत ब्याज लाग्ने छ ।

बुधबार, ०१ चैत्र २०७९, १४ : १०

प्रतिक्रिया