नेरुडे लघुवित्तको संशोधित ब्याजदर सार्वजनिक

बुधबार, ०१ चैत्र २०७९, १६ : २०

काठमाडौं-  नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ ।

 राष्ट्र बैंकको दबाबसँगै लघुवित्तले कर्जा र निक्षेप तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जा तर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस अघि लघुवित्तले अधिकतम २० प्रतिशत सम्म ब्याजदर लिने गरेको थियो । त्यस्तै,लघुवित्तले बचत तफ न्युनतम ७ दशमलव ५ प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै लघुवित्तले सेवा शुल्क लगानी रकमको १ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । संस्थाले यस अघि लगानीमा २ प्रतिशत सम्म सेवा शुल्क लिदै आइरहेको थियो ।

No photo description available.

बुधबार, ०१ चैत्र २०७९, १६ : २०

प्रतिक्रिया