चिलिमे जलबिद्युतद्धारा आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा

विहीबार, ०२ चैत्र २०७९, ११ : ११

काठमाडौँ- चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।


कम्पनीले पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ । बुकक्लोज मितिसम्ममा डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा बोनस पठाइसकेको र सो मिति पश्चात अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

विहीबार, ०२ चैत्र २०७९, ११ : ११

प्रतिक्रिया