हिमालयन हाइड्रोपावरद्धारा वार्षिक साधारण सभा आह्वान

विहीबार, ०२ चैत्र २०७९, १२ : ५१

काठमाडौँ - हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गते गर्ने निर्णय गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले सभा चैत २४ गते गर्ने निर्णय गरेको हो । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुने कम्पनीले जानकारी दिएको छ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट चञ्चालक निर्वाचन पनि गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यसको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

विहीबार, ०२ चैत्र २०७९, १२ : ५१

प्रतिक्रिया