काठमाडौँ - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनी आर्थिक वर्ष ०७८र७९ को लागि नयाँ बोनसदर निर्धारण गरेको हो ।
यस कम्पनीले ६ प्रकारका बीमालेखमा वार्षिक न्यूनतम २७ रूपैयाँ बोनसदर तय गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मको बीमालेखमा ४४ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४९ रूपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ५५ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।
त्यस्तै साविधिक जीवन बीमालेखमा न्यूनतम ३८ रूपैयाँदेखि अधिकतम अधिकतम ७३ रूपैयाँसम्म बोनसदर दिने कम्पनीको भनाइ छ । सावधिक जीवन बीमालेख ९ वर्षसम्मको लागि ३८ रूपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रूपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रूपैयाँ, २० देखि २४ वर्षका लागि ५० रूपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ७३ रूपैयाँ बोनसदर तय भएको छ ।
कम्पनीले सिटिजन शुभारम्भ योजना ९सावधिक प्लस० बीमालेखमा ९ वर्षदेखि ३० वर्षमाथिसम्मको अवधिका लागि न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ ।
९ वर्ष अवधिको यस बीमालेखमा ३५ रूपैयाँ, १० देखि १४ वर्ष अवधिको लागित ३८ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४६ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रूपैयाँ र ३० वर्षभन्दा बढी अवधिका लागि ७५ रूपैयाँ बोनसदर कम्पनीले निर्धारण गरेको हो ।
सिटिजन बाल भविष्य योजना (सावधिक)बीमालेखमा कम्पनीले न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्मको बोनसदर तय गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रूपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५० रूपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६५ रूपैयाँसम्मको बोनसदर तय गरेको हो ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथी योजना० मा पनि कम्पनीले अधिकतम ७५ रूपैयाँसम्मको बोनसदर दिने भएको छ । कम्पनीले यस योजनामा ९ वर्ष अवधिका लागि ३७ रूपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रूपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि ७५ रूपैयाँ बोनसदर निर्धारण गरिएको हो ।
यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले न्यूनतम २५ रूपैयाँदेखि अधिकतम २८ रूपैयाँसम्मको बोनसदर कम्पनीले निर्धारण गरेको छ । ९ वर्ष अवधिको लागि २५ रूपैयाँ, १० देखि १४ वर्षका लागि २७ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रूपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि २८ रूपैयाँसम्मको बोनसदर कम्पनीले निर्धारण गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८र७९ को लागि प्रतिवर्ष प्रतिहजार बीमांक रकममा उल्लिखित बोनसदर निर्धारण गरेको हो । यो बोनसदर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा भुक्तानी हुनुका साथै अर्को बीमांकीय मूल्यांकन प्रतिवेदनबमोजिम नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया