रुरु जलविद्युत र कर्णाली वाटर पावरबिच सहकार्य

आइतबार, ०५ चैत्र २०७९, १६ : २२

काठमाडौँ- रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावरसँग सहकार्य गरी नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको आज ९चैत ५ गते० बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै रुरु जलविद्युतले कर्णाली वाटरसँग हाल चीनको छेङ्दु सिचुवान वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोली कम्पनीको नाममा दर्ता कायम रहेका हुम्ला कर्णाली–१ जलविद्युत आयोजना (२३५ मे.वा.) र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना (३३५ मे.वा.)को सर्भेक्षण अनुमतिपत्र रुरु जलविद्युत परियोजनाको नाममा नामसारी गर्नका लागि कर्णाली वाटर पावरसँग सम्झौता गरेको छ। 


ती दुवै आयोजनाको अनुमतिपत्र रुर जलविद्युत परियोजनाको नाममा नामसारी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ। 

कम्पनीले अन्य जलविद्युत आयोजनामा पनि लगानी गर्ने नीतिअनुसार ती दुवै आयोजनाको अनुमतिपत्र आफ्ना नाममा नामसारी गर्न लागेको हो। 

 

आइतबार, ०५ चैत्र २०७९, १६ : २२

प्रतिक्रिया