कालिका लघुवित्तले बोलायो बार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

सोमबार, ०६ चैत्र २०७९, १० : २५

काठमाडौँ- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

 संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको १३ औँ बार्षिक साधारणसभा चैत्र २९ गते होटल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।


संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७रर७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सोमबार, ०६ चैत्र २०७९, १० : २५

प्रतिक्रिया