‘बीमा समाचार र विचार विशेषाङ्क’ प्रकाशन गरिदैँ

सोमबार, ०६ चैत्र २०७९, १५ : ०१

 काठमाडौँ - नेपाल बीमा प्राधिकरणले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ‘बीमा समाचार र विचार विशेषाङ्क’ प्रकाशित गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै समग्र अर्थतन्त्र, वित्त, बैंक, बीमा, पुँजीबजार, व्यवस्थापन लगायतका विषयसँग सम्बन्धित लेख रचना चैत मसान्तभित्र प्राधिकरणको इमेल [email protected]   मार्फत उपलब्ध गराउन आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार पठाउनुपर्ने लेख रचना अहिले सम्म कुनै पनि ठाँउमा प्रकाशित नभएको र प्रकाशनको लागि पेश नगरिएको हुनुपर्ने छ ।

सो लेख तथा रचना २ हजार सम्मको हुनुपर्ने र छनोट भएको लेख रचना पठाउने व्यक्तिलाई पारिश्रमिकको व्यवस्था गरेको जनाएको छ ।

सोमबार, ०६ चैत्र २०७९, १५ : ०१

प्रतिक्रिया