एनपीएसमा स्वावलम्बन लघुवित्त आबद्ध

मंगलबार, ०७ चैत्र २०७९, १० : ४३

काठमाडौँ- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह बिष्ट र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।  


उक्त सम्झौतापश्चात स्वावलम्बन लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ९एनपीआई०सँग जोडी नेसनल पेमेन्ट स्विच ९एनपीएस० अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। यसअन्तर्गत स्वावलम्बन लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएसरकनेक्टआईपीएस प्रणालीहरुमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्य पीएसपीरपीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ८८ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

स्वावलम्बन लघुवित्तले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउँदै नेपालको ६१ जिल्लामा १५५ शाखाहरुमार्फत २ लाख ६५ हजार घरधुरीलाई बचत तथा ऋण, माइक्रो बीमाका सेवाहरुलगायतका विभिन्न लघुवित्तसम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ। स्वावलम्बनले विभिन्न सरोकारवालाहरुलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ।

 

मंगलबार, ०७ चैत्र २०७९, १० : ४३

प्रतिक्रिया