काठमाडौं- सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको ७ हजार कित्ता शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्रीमा ल्याएको हो ।
संस्थाका शेयरधनीहरु निलम कुमार जि।टी। को ३ हजार र प्रकाश थापा मगरको ४ हजार गरी कुल ७ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कपोरेट कार्यालय ललितपुरमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया