किसान लघुवित्तद्धारा वार्षिक साधारण सभा आह्वान

मंगलबार, ०७ चैत्र २०७९, १२ : ३०

काठमाडौं-  किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।

सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यसका साथै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात आव २०७८।७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पास गर्ने प्रस्ताव रहेका छन् ।

यस्तै, संस्थाले आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण कार्यका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षक नियुक्त गर्ने लगायतका  अन्य प्रस्तावहरु रहेका छन् ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

संस्थाले साधारण सभा प्रयोजनको लागि चैत २० गते देखि चैत २८ गतेसम्म बुकक्लोजको  मिति तोकेको छ । यसर्थ, चैत १९ गते सम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् र सहभागि हुन पाउनेछन् ।

मंगलबार, ०७ चैत्र २०७९, १२ : ३०

प्रतिक्रिया