लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

मंगलबार, ०७ चैत्र २०७९, १६ : २०

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ ।

 बैंकले संस्थापक शेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४८ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

मंगलबार, ०७ चैत्र २०७९, १६ : २०

प्रतिक्रिया