एशियन क्यापिटलकोे हकप्रद शेयर विक्रीमा

बुधबार, ०८ चैत्र २०७९, ११ : ३१

काठमाडों-  एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर चैत ८ गतेदेखि विक्रीमा ल्याएको छ ।

 कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको उक्त कम्पनीले मर्चेन्ट बैंकरको रुपमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा सुविधा विस्तारका लागि पूँजी बढाउन लागेको हो ।

बुधबार, ०८ चैत्र २०७९, ११ : ३१

प्रतिक्रिया