महालक्ष्मी विकास बैंक का ग्राहकलाई विशेष छुट

बुधबार, ०८ चैत्र २०७९, १२ : ४१

काठमाडौँ- “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले केबलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाण्डौस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारमा सञ्चालित केबलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले उक्त  केबुलकार सेवामा १०५ को आकर्षक छुट प्राप्त गर्नेछन्।


यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

 

बुधबार, ०८ चैत्र २०७९, १२ : ४१

प्रतिक्रिया