बरुण हाइड्रोपावरको सञ्चालक समिति परिवर्तन

बुधबार, ०८ चैत्र २०७९, १२ : ४७

काठमाडौँ- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ ।


 कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।


साधारण सभापश्चात् कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकबाट सातजनाको नयाँ सञ्चालक समिति गठन भएका हुन् । जसमा संचालक समितिको अध्यक्षमा डा. भुषण गुरागाई रहेका छन् ।

त्यस्तै, अन्य संचालकहरुमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सौरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की र स्वतन्त्र संचालकमा सम्झना तजले रहेका छन् । 

बुधबार, ०८ चैत्र २०७९, १२ : ४७

प्रतिक्रिया