काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का सञ्चालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् ।
आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको सञ्चालक पदबाट राजिनामा दिएकोमा बैंकको चैत ७ गते बसेको सञ्चालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै उनको राजिनमा पश्चात् संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।

प्रतिक्रिया