आजबाट कुमारी सुनौलो लगानी योजनाका इकाइकाे बिक्री खुला

विहीबार, ०९ चैत्र २०७९, ०८ : १९

काठमाडौँ – कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु आजबाट बिक्री खुला भएको  छ। 

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ५ करोड इकाइ बिक्री खुला गरिएको हो। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवरद्ध्क कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

विहीबार, ०९ चैत्र २०७९, ०८ : १९

प्रतिक्रिया