राष्ट्र बैंकद्धारा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन

विहीबार, ०९ चैत्र २०७९, १२ : ५५

काठमाडौं-  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेकोछ ।

केन्द्रीय बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको् अधिकारी प्रयोग गरी सो परिपत्र परिमार्जन गरेको हो ।

संशोधित व्यवस्था बमोजिम विदेशी विनिमय कारोबार गर्ने निकायहरुले आायात खोल्न निवेदन दिने आयातकर्ताले केन्द्रीय बैकले उल्लेख गरेको कागजातहरुका साथमा यसै परिपत्रसाथ संलग्न वि.वि.नि.फा. नं. ३ भरेर संलग्न गर्नुपर्नेछ ।

साथै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतिपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिनेछ ।

विहीबार, ०९ चैत्र २०७९, १२ : ५५

प्रतिक्रिया