जारी भयो खाद्यान्न बाली बीमालेख

विहीबार, ०९ चैत्र २०७९, १६ : ४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेखअन्तर्गत खाद्यान्न बाली बीमालेख जारी गरेको छ । खाद्यान्न बालीको पनि बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो । यसले धान, मकै, गहुँ, जौ र कोदो लगायतका खाद्यान्न बालीको रक्षावरण गर्दछ।

यो बीमालेखले विभिन्न ८ प्रकारको क्षतिको रक्षावरण गर्ने छ । जसमा अग्निजन्य (आगलागी वा आगो), हावाजन्य (हुरीबतास, आँधिबेहरी वा तफान), पानीजन्य (वेमौसमी वर्षा, असिना, बाढी वा डुवान) मौसमजन्य (खडेरी, तुसारो) , भूमिजन्य(भूकम्प वा पहिरो), चट्याङ्जन्य (चट्याङ्), रोग तथा किराजन्य (रोग र किरा) ,आकस्मिक तथा दुर्घटनाजन्य (जंगली जनावरले खाएर, कुल्चिएर, माडेर वा खोस्रेर) बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण गर्ने छ ।

विहीबार, ०९ चैत्र २०७९, १६ : ४६

प्रतिक्रिया