नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो योजना

विहीबार, ०९ चैत्र २०७९, १७ : ३९

काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रोडक्ट लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ‘नेपाल लाइफ सुनौंलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो ।

एक बीमा योजनाबाट दुई सुविधा पाउने गरी कम्पनीले ल्याएको यस योजनाअन्तर्गत बीमितहरुले थप सुविधा पाउने कम्पनीले जनाएको छ ।

यस सुनौलो भविष्य जीवन बीमाका मुख्य विशेषताहरुमा सावधिक, अधिक भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने कम्पनीले जनाएको छ । सावधिक जीवन बीमाको हकमा न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्षसम्मको हुनेछ । साथै आजीवन बीमाको हकमा न्युनतम १५ वर्षदेखि अधिकतम ६२ वर्षसम्म जोखिम बहन हुनेछ ।
जस्तै, ६५ वर्षको व्यक्तिले बीमा गरेपछि उसको ७० वर्षमा बीमा अवधि पुरा हुन्छ, त्यो बेला बीमितले बीमाङ्क रकम लिनेछ र ७० वर्षपछि लगातार उक्त बीमितले बीमाङ्क रकमको ५ प्रतिशतका दरले ७९ वर्षसम्म प्राप्त गर्नेछ । ८० औं वर्षपछि सोही बीमितले बचतको आधा बोनस पाउनेछ । बीमा समाप्ति अधिकतम उमेर सावधिक जीवन बीमाको हकमा ७० वर्ष हुनेछ भने आजीवन बीमाको हकमा ८० वर्षको हुनेछ ।

यस योजनाअन्तर्गत बीमितहरुले वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक, रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । साथै स्यालरि सेभिङ्ग स्किमअनुसार पनि बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ भने एकल बीमाको हकमा भने केवल साविक जीवन बीमा मात्रै यो सुविधा उपलब्ध हुनेछ ।

साथै कम्पनीका अनुसार यस योजनाअन्तर्गत एकल बीमा शुल्क तिर्ने तरिका पेन्सन बीमालाई दिइने छैन । न्युतम बीमाङ्क रकम २५ हजार रुपैयाँको हुनेछ भने अधिकतम बीमाङ्क रकम आयस्राृेतको आधारमा जति पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत कर्जा लिन सकिने व्यवस्था पनि रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिनेछ ।

साथै यस योजनाअन्तर्गत दुर्घटना बीमा लाभ सुविधा समेत रहेको छ । १८ वर्ष माथिका बीमितले दुर्घटना बीमाको अतिरिक्त शुल्क तिरेर एक करोड सम्मको दुर्घटना बीमाको समेत सुविधा पाउन सक्नेछन् । साथै यस योजना अन्तर्गत १८ वर्षदेखि ७० वर्षसम्मका बीमितले एक करोड रुपैयाँसम्मको असक्तता बीमा सुविधा समेत पाउनेछन् ।
त्यस्तै, १८ वर्षमाथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको यस योजनाअन्तर्गत घातक रोग बीमाको समेत सुधिवा पाउनेछन् ।

विहीबार, ०९ चैत्र २०७९, १७ : ३९

प्रतिक्रिया