काठमाडौँ - नेपाल राष्ट्र बैंकले विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिन नहुने बताएको छ ।
राष्ट्र बैंकले ग्लोबल मनी विकका अवसरमा एउटा सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो। कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएरमात्र कर्जा लिन राष्ट्र बैंकले सुझाव दिएको छ। ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन’, राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकको सन्देशमा भनिएको छ, ‘कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ।’
ग्लोबल मनी विकका अनुसार राष्ट्र बैंकको संयोजकत्वमा देशभर बैंक तथा वित्तीय र अन्य निकायहरुले युवालक्षित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन्। यसपालिको ग्लोबल मनी विकको नारा ‘लर्न, सेभ, अर्न’ रहेको छ।
_CTvhG5Z6Gd.jpg)
प्रतिक्रिया