‘कुमारी सुनौलो लगानी योजना’म्युचुअल फण्डको समय थप

सोमबार, १३ चैत्र २०७९, ०९ : ०४

काठमाडौँ- कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि बिक्री खुल्ला गरेको  ‘कुमारी सुनौलो लगानी योजना’ नामक नयाँ म्युचुअल फण्डको समय थप गरेको छ । अब यस फण्डमा चैत्र २३ सम्म आवेदन दिन सकिनेछ। फण्डले छिटोमा चैत्र १३ भनेकोमा माग अनुसार आवेदन नपरेपछि समय थप गरेको हो। क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ । 


यो खुलामुखी योजना हो ।क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ५० करोड रुपैयाँ बराबरको कुल ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । त्यसपछी बाँकी रहेको ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

चैत ९ गतेदेखि निष्कासन हुने यो फण्डमा  चैत्र २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।
यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

सोमबार, १३ चैत्र २०७९, ०९ : ०४

प्रतिक्रिया