नेशनल माइक्रोफाइनान्सको लाभांश दोस्रो पटक संशोधन

सोमबार, १३ चैत्र २०७९, १० : ४७

काठमाडौं-  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ ।

 नेपाल राष्ट्र बैंकले सो संस्थाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो ।

लघुवित्तले पहिलो पटक प्रस्ताव गरिएको ३८.५५ बोनस सेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी सेयरधनीलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४.४५५ लाभांश दिने संस्थाले निर्णय गरेको थियो ।

सो लाभांशलाई पनि केन्द्रीय बैंकले संशोधन गरी संस्थाको चैत १२ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

सोमबार, १३ चैत्र २०७९, १० : ४७

प्रतिक्रिया