एसबिआई बैकको मनी वीक अन्तर्गत विद्यार्थीहरुमाझ बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

सोमबार, १३ चैत्र २०७९, १२ : ५४

काठमाडौं- नेपाल एसबिआई बैक लिमिटेडले ग्लोबल मनी वीक अन्तर्गत विद्यार्थीहरुमाझ बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

 बैंकको पाटन शाखा, जावालाखेल र ललितपुर शाखाले विधार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको हो ।

बैंकले ललितपुरको देव कलेजका बीबीए तथा एमबीएमा अध्यनरत १०० जना भन्दा बढी विधार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको हो । सो अवसरमा बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुगेंल, पाटन शाखा प्रमुख तेज बहादुर थापा तथा बरिष्ठ अधिकृत सुरुची शाहीले बित्तिय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

साथै विधार्थीहरुले बित्तिय विषय सम्वन्धी विभिन्न जिज्ञासाहरु पनि राखेका थिए ।

सोमबार, १३ चैत्र २०७९, १२ : ५४

प्रतिक्रिया