गुराँस लाईफ इन्स्योरेन्सले १३ औँ वार्षिक साधारण सभा बैशाख ६ गते गर्दै

बुधबार, १५ चैत्र २०७९, ०८ : ४३

काठमाडौँ – गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा यहि बैशाख ६ गते गर्ने भएको छ । 

कम्पनीको चैत्र १४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा कम्पनीको केन्द्रिय कार्यलय तिनकुने काठमाडौँबाट भर्चुअल माध्यामबाट बिहान १०ः३० बजेदेखि सुरू गर्ने बताएको छ ।

सभाले कम्पनीको चैत्र ९ गते, बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.२७१२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम भने सेयरधनीहरुले नै तिर्नुपर्ने छ ।

गुराँस लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर कारोवार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षक र परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु अनुमोदन समेत गर्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बुधबार, १५ चैत्र २०७९, ०८ : ४३

प्रतिक्रिया