काठमाडौं- ६६ औं सहकारी दिवसको मुल नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ तय भएको छ ।
यसै थिमलाई सार्थक हुनेगरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी ६६ औं सहकारी दिवस भव्य रुपमा मनाउन लागिएको राष्ट्रिय सहकारी महासंघले जनाएको हो ।
वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन् ।
यसै अवसरमा यो वर्षपनि चैत २० गते देशैभरी विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागिएको महासंघले जनाएको छ । साथै, सहकारी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु एवं सम्पूर्ण सहकारी संस्थाहरुलाई समेत महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया